Logo

अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप



१० मङ्सिर : अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइएको छ । त्यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोना विरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोना विरुद्धको खोप सबैलाई सुलभ भने नभएको बताइएको छ ।

विश्व स्वास्थ्य सगठनले बिहीबार दिएको जानकारीअनुसार जुन सुकै देशमा पनि अग्र स्थानमा खट्ने स्वास्थ्यकर्मीहरुका लागि खोपलाई प्राथमिकता दिने गरिएको छ ।

यसै अनुसार अफ्रिकामा पनि स्वास्थ्यकर्मीलाई खोपको प्राथमिकता दिइएको हो । तर, पनि त्यहाँका धेरै जसो स्वास्थ्यकर्मीहरुले खोप पाउन सकेका छैनन् । स्वास्थ्यकर्मीले नै खोप पाउन नसक्दा कोरोनाका विरुद्धको लडाइँ जोखिमपूर्ण अवस्थामा रहेको अफ्रिकाका लागि विश्व स्वास्थ्य सगठनका निर्देशकले जानकारी दिएका छन् ।

यसै पनि अफ्रिकाका १६ ओटा देशमा स्वास्थ्यकर्मीको संख्या निकै थोरै छ । त्यहाँ प्रति एक हजार जना नागरिकमा एकजना मात्र चिकित्सक उपलब्ध रहेका छन् । यसैमा पनि कोरोना विरुद्धको खोप २७ प्रतिशतले मात्र प्राप्त गर्न सक्नुले कोरोनाको जोखिम कम हुन नसकेको बताइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्