Logo

अमेरिकाले चीनका ८ कम्पनीमाथि लगायो प्रतिबन्ध, बेइजिङले भन्यो-वासिंगटन हिस्टेरियाबाट ग्रसित छ



एजेन्सी, १० मङ्सिर। अमेरिकाले चीनका आठ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकामा विकसित प्रविधि चीनले सैन्य प्रयोगमा ल्याएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो । राष्ट्रिय सुरक्षामा र विदेश नीतिमा जोड दिँदै अमेरिकी सरकारले अमेरिकी प्रविधि चीनलाई प्रयोग गर्नबाट रोक्न केही चिनियाँ कम्पनीविरुद्ध पछिल्लो कदम चालेको हो ।

अमेरिकी प्रतिबन्धको चीनले विरोध गरेको छ । बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले चिनियाँ कम्पनीहरुलाई दबाउन अमेरिकाले राज्य शक्ति दुरुपयोग गरेको आरोप लगाए । ‘अमेरिकाको पछिल्लो कदमले चिनियाँ कम्पनीको चासोलाई असर गर्नुको साथै अन्तर्राष्ट्रिय अर्थतन्त्र र स्वतन्त्र व्यापरको नियम उल्लंघन गरेको छ ।, ’ उनले भने ।

अमेरिकी कदमले विश्वव्यापी औधोगिक सञ्जाल गम्भीर जोखिममा परेकोसमेत प्रवक्ता लिजियानले बताएका छन् । अमेरिका हिस्टेरियाबाट पीडित भएको र नैतिकता गुमाएको उनले आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच भर्चुअल वार्ता भएको दुई साता नबित्दै अमेरिकाले चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाएको हो ।

वैठकमा चीनका राष्ट्रपति सीले सैन्य क्षेत्रमा दुबै देशको वृहत र साझा चासो भएको स्मरण गराउँदै एक अर्काबीच सहकार्य हुनुपर्ने बताएका थिए । बाइडेन प्रशासनले गत महिना चाइना कम्पनीको अमेरिकामा लाइसेन्स खारेज गरिदिएको थियो । यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट चीनबाट निर्यात हुने सामाग्रीमा भारी शुल्क लगाएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्