Logo

एमालेको १०औँं महाधिवेशन: प्रचण्ड जान नपाएपछि लीलामणि गए



काठमाडौँ, १० मङ्सिर। नेकपा (एमाले)को १०औँं महाधिवेशनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट लीलामणि पोखरेल चितवन पुगेका छन् । आज (शुक्रबार) देखि सुरु भएको एमालेको महाधिवेशनमा नेकपा माओवादीको नेतृत्व गर्दै पोखरेल चितवन पुगेका हुन् ।

एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । तर, अध्यक्ष प्रचण्ड व्यस्तताका कारण जान नपाएपछि पोखरलेलाई पठाएको जनाइएको छ । महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेताहरु चितवन पुग्ने कार्यक्रम रहेको छ। महाधिवेशनको उद्घाटन समारोहका कारण आज चितवन सजिएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्