Logo

एमाले महाधिवेशन : ‘हेरिञ्जेलको सम्झना फूटेपछि तिर्सना, जीन्दगानी दर्पणछायाँ’ भन्दै यसरी नाँचे



काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन आजबाट सुरु भएको छ । अहिले उद्घाटन समारोह सुरू भएको छ । नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चअघि हजारौं कार्यकर्ताहरु जम्मा भइसकेका छन् भने नेताहरू आउने क्रम सुरू भएको छ ।

अहिले विभिन्न क्षेत्रका झाँकीहरु प्रस्तुत भैरहेका छन् । महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्वोधन गर्ने कार्यक्रम छ ।

महाधिवेशनस्थलमा भव्य रौनकता छाएको छ। एमाले नेता तथा कार्यकर्ताहरुले ठाउँठाउँमा बाजागाजासहित नृत्य प्रस्तुत गरिरहेका छन् । कतै भने दर्पणछायाँ चलचित्रको शीर्ष गीत ‘हेरिञ्जेलको सम्झना, फुटेपछि तिर्सना’, जीन्दगानी दर्पणछायाँ’ लगाएर कार्यकताहरु नाचिरहेका छन् ।

हेरौं भिडिओमा



प्रतिक्रिया दिनुहोस्