Logo

कांग्रेस पर्वतका सभापतिमा जोशी विजयी



पर्वत १० मङ्सिर: नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्। गए राति सम्पन्न मनगणनामा उनले खसेको मतमध्ये ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका हुन् । निर्वाचनमा सहभागी एक हजार १८६ मतमध्ये उनले ६०९ मत प्राप्त गरेका थिए ।

कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहे पनि जोशीले जम्मा सहभागी मतको ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेपछि निर्वाचन समितिले विजयी भएको घोषणा गरेको हो । उपसभापतिमा डा चूडामणि शर्मा र शिवप्रसाद सुवेदी त्यसै गरी सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन् । त्यस्तै सहसचिवमा अच्युत तिवारीले ६५८ मत ल्याएर विजयी भएका छन् । यसै गरी सहचिवमा तिलक भुसालले ५१९ र विजयी तिवारी विजयी भएका छन् ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अपाङ्गता भएका व्यक्तिबाट कुलप्रसाद पाध्या, खुला महिलाबाट सीताकुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ र राधा कुँवर क्षेत्री बिजयी भएका छन् । खुल्ला पुरुषतर्फ रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गङ्गाधर तिवारी, विद्वान् गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, वसन्तबहादुर सिके र खिमप्रसाद भुसाल विजयी भएका छन् । दलित महिलातर्फ खैसरा नेपाली, दलित खुलामा जीतबहादुर नेपाली, खस आर्य महिलामा मुना शर्मा लामिछाने, मीनाकुमारी केसी र सिर्जना मल्ल विजयी भएका छन्

त्यसैगरी खस आर्य पुरुषतर्फ तोरण मल्ल ठकुरी राज, डा केदार सुवेदी र कुलप्रसाद उपाध्याय विजयी हुनुभएको छ भने आदिवासी जनजातितर्फ मीना कर्माचार्य र मोहनबहादुर गुरुङ विजयी भएका छन् । अपाङ्गता भएका व्यक्तितर्फ लेखनाथ पौडेल र मधेसी-मुस्लिम- अल्पसङ्ख्यकबाट सनम बेगम निर्विरोध निर्वाचित भएका छन् । जिल्ला सदस्यमा खुला र भूगोलतर्फ पनि जोशी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

कार्यसमितिको परिणाम घोषणालगत्तै निकटम प्रतिद्वन्द्वी मल्लले सभापतिमा विजयी जोशीलाई खादा लगाएर सम्मान व्यक्त गरेका थिए । निर्वाचित सभापति जोशीले आगामी दिनमा कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउन आफ्नो महत्वपूर्ण भूमिका हुने बताएका थिए ।-रासस



प्रतिक्रिया दिनुहोस्