Logo

मञ्चमा ओली र भीम रावलबीच भलाकुसारी (भिडिओसहित)



काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन आजबाट सुरु भएको छ । अहिले उद्घाटन समारोह जारी छ । नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित् भैसकेका छन् । समारोहमा विभिन्न दलका नेताहरु पनि सहभागी छन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सम्वोधन गर्ने कार्यक्रम छ । उद्घाटन् सत्र जारी रहँदा अध्यक्ष केपी शर्मा ओली मञ्चमा आसिन विभिन्न देशबाट सहभागी भएका विदेशी पाुहनाहरुसँग कुराकानी गर्न अग्रसर भएका थिए ।

सोही क्रममा विदेशी पाहुनासँगै रहेका अध्यक्षका उम्मेद्धवारी घोषणा गरेका भीम रावलपनि उठेर ओलीलाई अभिवादन गर्छन् । उनीसँगै रहेका विदेशी पाुहनासँग ओलीले भलाकुसारी गरिरहँदा रावल पनि उभिएर बस्छन् । ओलीले रावलसँग पनि भलाकुसारी गरेको भिडिओमा देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्