Logo

..केपी ओली र एमालेलाई यो देशले सधैं सम्झिरहनेछ : कमल थापा (भिडिओसहित)



काठमाडौं, १० मंसिर । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले केपी शर्मा ओलीलाई दृण् अडान र राष्ट्रवादी सोच भएको नेताको रुपमा चित्रण गरेका छन् । आजबाट सुरु भएको एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिने क्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले भने,‘केपी ओलीजसे दृढ अडान र राष्टवादी सोच भएको पार्टीले यो देशलाई संकटबाट मुक्त तुल्याउनको लागि ऐतिहासिक योगदान पुर्याउन सक्छ । तपाईँको पार्टीको लोकप्रिय अध्यक्ष ओलीसँग एउटै सरकारमा मैले पनि काम गर्ने अवसर पाएको थिएँ । जतिबेला उहाँ नेतृत्वको सरकारमा हामी सहभागी भयौं, देशमा त्यतिवेला आन्दोलनको आगो बलिरहेको थियो । भारतीय नाकाबन्दी देशले भोग्नुपरेको थियो । यो अवस्थामा मैले यो भन्दा गौरव हुन्छ–कि केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिामा पनि एक ईन्चपनि आँच आउन नदिएर भारतीय नाकाबन्दी हटाउन सफल भयौं । मधेशमा बलेको आन्दोलनको बन्द भयो । छिमेकी चीनसँग व्यापार, पारवाहनको सन्धी गर्यौं । आर्थिक रुपमा नयाँ खाका निर्माण गर्न सक्यौं । अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको गरिमा बढेको छ ।’

यद्धपी थापाले केपी ओलीको पछिल्लो सरकारबाट भने आफू त्यति सन्तुष्ट नभएको स्मरण गराए । उनले भने,‘पार्टीभित्रको आन्तरिक कलहले गर्दा होला, सायद जनतालाई दिएको आश्वासनअनुसार नेकपाले काम गर्न सकेन् । धेरै विवाद र असफलताका बावजुद दुई वटा कामको निम्ति केपी ओली र एमालेलाई यो देशले सधैं सम्झिरहनेछ । मधेशमा देखापरेको पृथकतावादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण मूलाधारमा ल्याउन महत्वपूर्ण येगदान पुर्याउनुभयो । सबैभन्दा महत्वूर्ण कुरा ओलीको नेतृत्वमा लिम्पियाधुरसमेत समेटेर नेपालले आफ्नो सिमाको रक्षाको निम्त प्रतिबद्धता व्यक्त गरेको छ । चुच्चे नक्शा बनाएर संविधानमा संस्थागत गरेर नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाउनुभएको छ । यही कारणले गर्दा यो सम्मेलनबाट मैले साहसिक निर्णयको अपेक्षा गरेको छु । देश बचाउनको लागि तपाईँहरुलाई पूर्ण सफलता मिलोस ।’



प्रतिक्रिया दिनुहोस्