Logo

दिल्लीमा चालकरहित मेट्रो सेवा सुरु



एजेन्सी, १० मङ्सिर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमा पनि चालकरहित मेट्रो सेवा सञ्चालन गरेको छ। राजधानी नयाँ दिल्लीमा बिहिबारदेखि सरकारले देशकै पहिलो र संसारको चौथो चालकरहित सेवा सञ्चालन गरेको हो।

बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्ली सरकारका यातायात मन्त्री कैलाश गहलोत र त्यहाँको शहरी मामिला मन्त्री हरदिप सिंहपुरीले चालकरहित मेट्रो सेवा उद्घाटन गरेका हुन्। सो सेवा सञ्चालन भएसँगै चालकरहित मेट्रो सञ्चालन गर्ने भारत संसारकै चौथो ठूलो मुलुक र भारतको पहिलो चालकरहित सेवा भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

दिल्ली मेट्रो रेल कर्पोरेसनको अगुवाईमा सो परियोजना अघि बढेको थियो। सो सेवाले दिल्लीको पिंक लाइन, मजलिस र शिव बिहार जोड्ने छ। सो सेवा दिल्लीको सबैभन्दा लामो मेट्रो कोरिडरमा पर्ने बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्