Logo

राष्ट्रपतिय चुनावमा गद्धाफीका छोरा अयोग्य रहेको निर्वाचन निकायको ठहर



एजेन्सी, १० मङ्सिर। लिवियाका पछिल्ला तानाशाह मौमार अल गद्धाफीका छोरा आगामी महिना हुने राष्ट्रपतिय चुनावी दौडको लागि अयोग्य ठहरिएका छन्। लिवियाको शीर्ष निर्वाचन निकायले गद्धाफीका छोरा सेइफ अल इस्लाम गद्धाफीलाई अयोग्य ठहराएको हो।

देशको राष्ट्रिय निर्वाचन आयोगद्धारा जारी अयोग्य उम्मेद्धारको सूचीमा गद्धाफीको नाम दर्ता छ। सन् २०११ मा आफ्नो बुबाको विरोधमा आयोजित आन्दोलनविरुद्ध हिंसा भड्काएको भन्दै सन् २०१५ मा त्रिपोली अदालतले गद्धाफीका छोरालाई मृत्युदण्डको सजाय सुनाएको थियो। तर कारबाही भने अघि बढ्न सकेको थिएन। यतिमात्र नभई उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतले मानवियता उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो।

लिवियामा राष्ट्रपतिय चुनाव आगामी डिसेम्बर २४ मा हुँदैछ। लण्डन स्कुल अफ इकोनोमिक्सबाट पीएचडी हासिल गरेका ४९ वर्षीय गद्धाफीले सो चुनावको लागि उम्मेद्धारी दर्ता गराएका थिए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्