Logo

संसदमा अस्तव्यस्तता हामीले गरेका हौं भन्ने स्वीकार्नुपर्छः चित्रबहादुर केसी



काठमाडौं, १० मंसिर । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले दलहरुकै कारण अराजकता र जनतामा नैराश्यकता बढेको टिप्पणी गरेका छन् । नेकपा एमालेको १०औं महाधिवेशनमा स्वागत मन्तव्य दिदै उनले दलहरु सुध्रनुपर्ने बताए ।

‘संसदमा अस्तव्यस्तता हामीले गरेका हौं भन्नुपर्यो,’ केसीले एमालेतर्फ संकेत गर्दै भने,‘नेपाली जनतासामु इमान्दारपूर्वक स्वीकार्नुपर्छ, दलहरु सुध्रिनुपर्छ ।’

उनले दलहरु एकले अर्कालाई दोष देखाइरहेको भन्दै सबै मिलेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्