Logo

संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छः प्रधानमन्त्री देउवा



चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्ने बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै संविधान अनुसार नै मतभिन्नतालाई व्यवस्थापन गर्दै जानुपर्ने बताएका हुन् ।

‘नीतिगत मतभिन्नतालाई संविधान अनुसार व्यवस्थापन गर्दै स्वीकार्दै जानुपर्छ,’ नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले भने,‘संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छ ।’

पछिल्लो समय संविधान बाहिर गएर समस्याहरुको समाधान गर्न खोजिएको तर्फ संकेत गर्दै देउवाले पछिल्लो टिप्पणी गरेका हुन् । विशेषगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिएकोतर्फ देउवाको संकेत थियो । उनले संविधान अनुसार नै मतभिन्ननता र समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए ।

आफूहरु अलग दलमा भएपनि कानुनी शासन, जनअधिकार, व्यक्तिगत स्वतन्त्रताको रक्षा, राष्ट्रिय स्वाधिनता र अखण्डता रक्षाका लागि एउटै लक्ष्य हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्