Logo

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनमा पुगेर गरे ओलीसँगै बसेको जेल जीवनको स्मरण



काठमाडौं, १० मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा आफू र एमाले अध्यक्ष केपी शर्मा ओली सँगै जेल बसेको स्मरण गराएका छन् ।

आज एमालेको १०औं महाधिवेशनमा शुभकामना दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । देउवाले आफूहरु परिवर्तनको आन्दोलनमा सक्रिय हुँदा जेल परेको र त्यतिवेला ओलीसँग भेट भएको सुनाए ।

उनले लोकतन्त्रको संघर्षमा सँगसँगै रहेको बताए । उनले भने,‘नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसको रक्षाका लागि दलहरुबीचको सहकार्य आवश्यक छ ।

नयाँ संविधानमार्फत लोकतान्त्रिक मूल्य मान्यतालाई रक्षा गर्न जिम्मेवार दलको भूमिका खेल्न एमालेलाई म आग्रह गर्छु, हामीबीच फरक दृष्टिकोण छन् र फरक पार्टी छौं । राष्ट्रिय एकता र अखण्डताका लागि हामीबीच सहकार्य हुन आवश्यक छ ।”

 



प्रतिक्रिया दिनुहोस्