Logo

हत्या गरी फरार रहेका अभियुक्तहरू पक्राउ



मोरङ, १० मंसिर । हत्या गरी फरार रहेका अभियुक्तहरू पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषकको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।

यसैगरी बुढिगंगा गाउँपालिका–७ मा धनकुटा पाख्रीबास नगरपालिका–४ बस्ने २६ वर्षीय रिजन दाहालको हत्या गरी फरार रहेका सुनसरी ईटहरी उपमहानगरपालिका–११ भागलपुर बस्ने २२ वर्षीय राजु तमाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । गत कात्तिक २८ गते बेलुकी पुरानो रिसिवीका कारण राजुले रिजनलाई खुकुरी प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा रिजनको मृत्यु भएको थियो । तत्काल फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत मोरङमा पेश गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्