Logo

अमेरिकी प्रतिनिधि र ताइवानका राष्ट्रपति वेनबीच सरप्राइज भेटवार्ता



एजेन्सी, १० मङ्सिर। पाँच अमेरिकी प्रतिनिधि र ताइवानकी राष्ट्रपति साई इङ वेनबीच आश्चर्यजनक भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान राष्ट्रपति साई इङ वेन र पाँच अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको हो । अमेरिकी प्रतिनिधिसभाका पाँच प्रतिनिधि बिहीबार राति ताइवान पुगेको अरब न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

अमेरिकाले स्वसासित मुलुक ताइवानलाई बलियो बनाउन पुन: समर्थन गर्ने सम्बन्धमा ताइवान पुगेका अमेरिकी प्रतिनिधीहरुले राष्ट्रपति वेनसँग आश्चर्यजनक भेटवार्ता गरेको अरब न्यूज एजेन्सीमा खबर छ । दुई पक्षबीचको भेटबारे विस्तृत जानकारी भने उल्लेख गरिएको छैन । अमेरिकी प्रतिनिधिसँग भएको भेटवार्तापछि राष्ट्रपति वेनले ताइवानले अमेरिकासँग निरन्तर सहकार्य गर्ने प्रतिक्रिया दिएको जनाइएको छ ।

दुईपक्षबीच शुक्रबार भएको भेटले ताइवान र चीनबीच थप तनाव सिर्जना गरेको र उक्त तनाव दशकयताकै उच्च रहेको अधिकारीहरुले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् । बाइडेन प्रशासनले ताइवानलाई समेत अगामी महिना हुने डेमोक्रेटिक समिटमा भाग लिन निम्तो दिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्