Logo

ओलीले भनेः लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिनेछौं



चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिइछाड्ने बताएका छन् । एमालेको १०औं महाधिवेशनको उदघाटनपछि सम्बोधन गर्दै ओलीले छिमेकसँग पारस्परिक कुराकानीबाट समस्या समाधान गर्ने लक्ष्य रहेको भन्दै उक्त भूभाग फिर्ता लिने बताएका हुन् ।

‘छिमेकसँगको समस्या पारस्परिक कुराकानीबाट समाधान गर्नेछौं,’ ओलीले भने,‘लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिनेछौं ।’

ओलीले आफूहरु आवश्यकता अनुसार संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट पारे । उनले भने,‘ आवश्यकता अनुसार जनताको चाहना अनुसार संविधानको आवश्यक संशोधन हुनसक्दछ । हामी त्यो मान्यतामा छौं ।’

ओलीले आफूहरु चुनावको तयारीमा जाने बताए । अबको चुनावमा एकल बहुमत ल्याउने दाबी समेत गरे ।

‘हामी चुनावको तयारीमा जानेछौं,’ ओलीले भने,‘हामीले बहुमत ल्याउनेछौं, एमालेका लागि होइन देश र जनताका लागि ।’

अरु दलहरु यसअघि नै चुनाव देखि त्रसित भएको टिप्पणी गरे । आफूले जनताको बीचमा जाऔं भन्दा पनि त्रसित भएको टिप्पणी गरे ।

देशमा हिंसा फैलाउने षड्यन्त्र भइरहेकाले आफूहरु सचेत भएको बताए । उनले भने,‘जात–जात धर्म–धर्म भाषा–भाषाका रुपमा साम्प्रदायिक द्वेष फैलाएर हिंसा मच्चाउनेहरुको विपक्षमा छौं । सहअस्तित्व र सहकार्यको पक्षमा छौं ।’



प्रतिक्रिया दिनुहोस्