Logo

संक्रमणबाट थप २ को मृत्यु



काठमाडौं, १० मंसिर । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज नेपालमा कोरोनाका २ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय ४६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्