Logo

इन्स्पेक्टर, जवान र सहयोगीका लागि भर्ना खुल्यो (सूचनासहित)



काठमाडौं, १० मंसिर । नेपाल प्रहरीले रिक्त पदहरुमा भर्ना खोलेको छ । आज सूचना जारी गरी जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीमा भर्ना खोलेको हो ।

प्रहरीका अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि १४६, जवान पदका लागि १९७१, प्रहरी सहयोगी १०३ जना गरी कुल २३२० जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरुबाट दरखास्त फारम लिन र बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ ।

यसैगरी, जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, ललितपुर र भक्तपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, राजविराज, दुधौली सिन्धुली, पोखरा, बुटवल, नेपालगञ्न र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम लिन र बुझाउन सकिने उल्लेख छ ।
१९ मंसिर देखि २३ पुससम्म दरखास्त फारम लिन र बुझाउन सक्ने प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीका लागि आवेदनका लागि सूचनाका लागि यहाँ क्लिक गर्नुहोस्

प्रहरी कार्यालय सहयोगीका लागि विशिष्टकृत कार्यक्षेत्र चयन फाराम



प्रतिक्रिया दिनुहोस्