Logo

चिनियाँ नीति र हिन्दमहासागरीय गठबन्धन



विपिन देवः संसारको सबभन्दा महत्वपूर्ण व्यापारिक मार्ग हिन्दमहासागरीय क्षेत्र नै हो । व्यापारिक मार्गका साथसाथै सामरिक द्वन्द्व, सैन्य अभ्यास र दवावको सिर्जना हुने क्षेत्र भएकोले हिन्दमहासागरीय क्षेत्र विश्व सञ्चारको चर्चामा हुने गर्दछ । हिन्दमहासागरीय क्षेत्रको केन्द्रविन्दुमा आसियानका मुलुकहरू पर्दछन् । अर्थात् आर्थिक र सांस्कृतिक रुपले सबल आसीयान मुलुकहरू (थाइल्याण्ड, इण्डोनेशीया, मलेशीया, भियतनाम, कम्वोडिया, लाओस, सिंगापुर, म्यानमार, फिलिपिन्स) चीनको चुनौती झेलिरहेका छन् । आसीयानका अघिकांश मुलुकहरू प्रजातान्त्रिक पद्धतिका शासन प्रणालीलाई आत्मसात् गरेका छन् । खुला समाज र प्रजातान्त्रिक पद्धति भएकोले यी मुलुकहरूको सामीप्यता अमेरिका, अष्टे«लिया, जापान र भारतसंग सघन देखिएको छ ।

चीनलाई सन्तुलनमा राख्न वा चीनको दक्षिण सागरमा वढ्दो प्रभावलाई रोक्न आसियान मुलुकहरूरुले अमेरिका, भारत, जापान र अष्ट्रेलियासंग सहयोग र सदभावको अपेक्षा गर्दै आएका छन् । सन् २००७ मा नै चीनको प्रभावलाई मत्थर गर्न जापानी प्रधानमन्त्री ओवेले क्वाड गठनका लागि जापान,अष्ट्रेलीया, अमेरिका र भारत जस्ता देशको गठवन्धनको प्रस्ताव गरेका थिए । भारत र अष्ट्रेलिया क्वाडको प्रस्तावमा सहभागी हुन तम्तयार देखिएका थिएनन् । अष्ट्रेलियाको व्यापार चीनसंग चुलिएको अवस्था थियो भने भारतले पनि चीनसंग व्यापारिक सम्वन्धलाई नै बढी जोड दिएको थियो ।

चीनमा राष्ट्रपति सी शक्तिमा आएलगत्तै चिनियाँ नीतिमा आमुल परिर्वतन देखियो । दोक्लामदेखि गलवानसम्म भारतलाई सैनिक दवावमा राखेर एकातर्फ भारतको सक्रिय क्वाडमा बढाएको छ भने अष्ट्रेलियाका विरुद्ध चीनले व्यापारिक युद्ध नै थालनी गरेको छ । सिंगापुर विश्व विद्यालयका सामरिक जानकार डा। राजामोहनले हिन्दमहासागरीय क्षेत्रमा भइरहेको गठवन्धन र गोलावन्दीको जिम्मेवार चीनलाई ठानेका छन् । एक अन्र्तवार्तामा डा। राजामोहनले चीनको वढ्दो दवदवा र उन्मादलाई रेखाङ्कित गर्दै राष्ट्रपनि सिको नीतिलाई प्रश्नको घेरामा राखेका छन् । हिन्दमहासागरको पश्चिम भागमा मात्रै चीनिया आक्रामकता व्यापक देखिए तापनि अरु भागको सामुद्रिक भू-भागमा प्रजातान्त्रिक गठवन्धनमा रहेका मुलुकहरूको पकड नै बलियो रहेको छ । डा। राजामोहनले क्वाडलाई सैनिक गठवन्धन मानेको छैन । अर्थात् क्वाडको छातामुनि कोरना विरुद्धको खोप अभियानमा व्यापकता, फाइव जि प्रविधिको विकास, व्यापारिक कारोवार नै प्रमुख हुने डा. राजामोहनको तर्क रहेको छ । तर डा। राजामोहनको तर्कप्रति आपत्ति जनाउ‘दै जवाहर लाल नेहरु विश्व विद्यालयका सामरिक जानकार डा. जाकोव जेवीनले क्वार्डको प्रस्तावना माथि नै प्रश्न तेर्साएको देखिन्छ । डा. जेवीन अनुसार क्वाडको महतवपूर्ण जिम्मेवारी नै सुरक्षा प्रत्याभूति दिनु हो । क्वाडको साझा प्रयासले हिन्दमहासागरीय क्षेत्रका कमजोर अर्थतन्त्रहरूलाई सुरक्षा प्रत्याभूति नभएको खण्डमा क्वाडको विश्वसनीयता र अपरिहार्यता नै समाप्त हुने आशङ्का डा। जेकोवको रहको छ ।

अर्का तर्फ, चीनको सामरिक नीतिले गर्दा अष्ट्रेलियाले आफ्नो सुरक्षाको लागि वेलायत र अमेरिकासंग अक्स नाम गरेको सम्झौता गरेको छ । अक्सको माध्यमवाट अत्याधुनिक आणविक पनडुब्बीअष्ट्रेलियाले अमेरिकासंग खरिद गर्न सक्ने छन् । “अक्स”ले गर्दा इण्डोनेसिया र मलेशियाका नेतृत्वले आपत्ति प्रकट गरेका छन् । अर्थात् हिन्दमहासागरीय क्षेत्रमा अष्ट्रेलियाको “न्यूकिलियर सवरीन” तैनाथ भएको खण्डमा यसवाट क्षेत्रीय सुरक्षामा खतरा हुने इण्डोनेशिया र मलेशियाको तर्क रहेको छ । इण्डोनेशिया र मलेसियाको शङ्का सामाधानका लागि अष्ट्रेलियाका विदेश मन्त्री यी मुलुकहरूमा भ्रमण गरेर अष्ट्रेलियाका उद्देश्य र नीतिलाई प्रष्ट पारेका छन् ।

अष्ट्रेलियाको अक्समा सम्झौता हुने वित्तिकै अष्ट्रेलिया र फ्रान्सको सम्वन्ध चिसिएको देखिन्छ । फ्रान्सका राष्ट्रपति मेर्कोनले अष्ट्रेलियाका नेता स्कोट मोरिसनलाई ठगको संज्ञा दिएका छन् । अष्ट्रेलियाको सामरिक नीति र अक्समा सहभागिताको वारेमा व्यापक प्रश्न उठिरहेको अवस्था छ । नेदरल्याण्डका सामरिक विज्ञ डा. माइकेले अष्ट्रेलीयाले “एन।पि।टी” ९न्यूकिलियर नन प्रोलिफिक्सेन०लाई ठाडै उल्लघन गरेर अन्तर्राष्ट्रिय नीति र नियमलाई मान मर्दन गरेको आरोप लगाएकी छिन् । माइकेले हिन्दमहासागरीय क्षेत्रमा वढ्दो तनाव र शस्त्र भण्डारनको जिम्मेवार चीनलाई ठान्दै युरोप अमेरिकाको गठवन्धनलाई जोड दिएकी छिन् । माइकेले अमेरीकाको हरेक मोर्चा युरोपको साथ भएता पनि अमेरिकाको एकल निर्णयले गर्दा युरोपेली युनियन दुखी भएको कुरा डा। माइकेको भनाइ रहेको देखिन्छ । तर प्रजातान्त्रिक मूल्य र मान्यताका लागि युरोप आसियान, भारत, जापान, अष्ट्रेलिया लगायत अमेरिकासंग हिन्दमहासागरीय क्षेत्रमा काम गर्न तयार रहेको कुरा उनले आफ्नो अभिव्यक्ति प्रष्ट गरेकी छन् ।

अष्ट्रेलियाका सामरिक जानकार डा. स्टीरिगले “अक्स”को वारेमा फरक मत सार्वजनिक गरेकी छिन् । स्टेरिङ्गले अष्ट्रेलिया र्निविकल्प भएर नै अमेरिकाको पोल्टोमा गएको कुरा स्वीकार गरेकी छिन् । सन् २०१७ देखि आप्mनो राष्ट्रिय नीतिमा आमूल परिवर्तन गर्दै चीनको रवैया प्रति सचेत हुदै सामरिक र सुरक्षा साझेदारीको लागि अमेरिकासंगको सम्वन्ध र सम्पर्कलाई धनीभूत गरेको कुरा डा। स्टीरिङ्गको रहेको छ । अक्स र क्वाडको विच लक्ष्मणरेखा तान्दै स्टीलिङ्गले क्वार्डको उद्देश्य व्यापार, लोककल्याणकारी कार्य, विपत्त व्यवस्थापन, प्रविधि हस्तानतरण गर्नु हो भने अक्सको सम्झौता पुर्णरुपले सुरक्षा सम्वन्धी सम्झौता हो । क्वाड र अक्सको साझा संकल्प नै चीनको आक्रामकता र दवदवालाई लगाम लगाउनु हो ।

एकातर्फ प्रजातान्त्रिक मुलुकहरूले क्वाड र अक्सको माध्यमबाट आफ्नो गठबन्धन र गठजोडलाई बलियो बनाउ‘दै छ भने चीनले आफ्नो वि।आर।आइ। गुरुयोजनाको माध्यमवाट अगाडि बढिरहेको छ । यस सन्र्दभमा डा। जाकोवले चीनिया शैलीलाई सूत्रात्मक ढङ्गले व्याख्या गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले राज्य सञ्चालन गरिरहेको र उसको आक्रामक शैलीका कारण राज्य नै आक्रामक रहेको उल्लेख गरेका छन् । चीनले एकसाथ जापानसहित क्वाड सदस्य देशहरुलाई चुनौती दिनुको कारण कम्युनिस्ट पार्टीको दिशानिर्देश रहेको डा. जाकोवको ठहर छ । अर्थात् वर्तमान अवस्थामा हिन्दमहासागरीय क्षेत्र विस्तारै युद्धभूमिमा रुपान्तरण हुनेतर्फ देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्