Logo

न्यायिक प्रक्रियामा अवरोध नगर्न बारलाई सरकारी वकिल समाजको आग्रह



काठमाडौं, १० मंसिर । सरकारी वकिलहरुको समाजले समग्र न्यायिक प्रक्रियामा अवरोध नगर्न नेपाल बार एशोशिएशनलाई आग्रह गरेको छ । बारको आन्दोलनलाइ शान्तिपूर्ण रुपमा कानूनी र संबैधानिक मार्गबाट समाधान खोज्न समेत समाजले आग्रह गरेको छ ।

सर्वोच्चमा जारी गतिरोधको समाधान वार्ता र संवादबाट मात्रै निस्कन सक्ने भन्दै उचित मार्ग खोज्न आग्रह गरेको हो । समाजले जारी गरेको विज्ञप्तिमा संवैधानिक र कानूनी मार्गबाट अदालतमा जारी गतिरोधको समाधानमा जान सम्बन्धित सबै पक्षलाइ आग्रह गरिएको छ । न्यायिक प्रक्रियामा प्रभाव पार्ने गरी जारी नेपाल बारको आन्दोलन वार्ताबाट र संबैधानिक मार्गबाटै निकास खोज्न समाजले सबै पक्षसंग आग्रह समेत गरेको छ ।

समाजले अदालत परिसरभित्र प्रहरी र कानून व्यवसायीबीच भिडन्त हुने अवस्था सिर्जना हुनु पनि उचित नभएको वताएको छ । यसैगरी, अदालतभित्र गालीगलौजको भाषा प्रयोग हुन पनि न्यायिक इतिहासमै गलत अभ्यास भएको प्रति समाजले चिन्ता व्यक्त गरेको छ । समाजले प्रधानन्यायाधीश, न्यायाधीस र नेपाल बारका पदाधीकारीलाई जारी गतिरोधको अन्त्यका लागि मिलनबिन्दुमा आउन र न्यायीक प्रक्रियामा अवरोध सिर्जना हुने कार्यको समाधान निकाल्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्