Logo

सामाजिक सुरक्षा कोषमा आबद्धता सङ्ख्या तीन लाख



काठमाडौं, मंसिर ११। सामाजिक सुरक्षा कोषले आफ्नो चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । कोषको स्थापना २०६७ सालमा भए पनि औपचारिक शुभारम्भ गत वर्षको मङ्सिर ११ गतेदेखि भएको हो ।

निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको थियो । कोषले आफ्नो दिवसका अवसरमा विभिन्न तीन ठाउँ काठमाडौँ, बुटवल र विराटनगरमा एकैसाथ ६० जनालाई पेन्सन वितरण गर्दैछ ।

कोषका अनुसार यसअघि ११४ जनालाई वितरण गरिसकेको कोषले शनिबार ६० जनालाई पेन्सन दिन लागेको हो । कोषमा सूचीकृत भएका योगदानकर्ता विभिन्न कारणले मृत्यु भएका परिवारलाई पेन्सनको व्यवस्था गरेको छ ।

कोषका अनुसार कोषबाट औषधि उपचार स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धा अवस्था सुरक्षा योजनामा ४७ करोड २७ लाख रुपियाँ दाबी भुक्तानी गरेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्