Logo

एमाले महाधिवेशन : चुनाव नगराउने ओलीको मुड, भीम रावलका कारण चुनाव हुने सम्भावना



काठमाडौं, ११ मंसिर । हिजोबाट सुरु भएको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आज दोस्रो दिन भने बन्दसत्र सुरु हुँदैछ । हिजो राति अवेर सम्पन्न भएको पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीको संख्या थप्ने निर्णय गरेको छ ।

यसरी पदाधिकारीमा संख्या थप्नुको कारण सकेसम्म यसपटक सर्वसम्मत् रुपमा नेतृत्व चयन होस भन्ने चाहना हो । यसको लागि अध्यक्ष केपी शर्मा ओलीले पनि हरसम्भव प्रयास गरिरहेका छन् । तर, अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका नेता भीम रावल भने कुनैपनि हालतमा अध्यक्षको उम्मेद्धवारीबाट ब्याक नहुने भएका छन् । उनकै कारण चुनाव हुने सम्भावना बढेको नेताहरुको प्रतिक्रिया छ ।

तर, अहिले बन्दसत्र सुरु हुनुअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । धेरैजसो नेताहरु यसपटक अध्यक्ष ओलीको मुख ताकेर बसेको हुँदा उम्मेद्धवारी घोषणा गरेका छैनन् । तर, अध्यक्ष ओलीले पनि चुनाव हुने वा नहुने भनेर आजको दिनसम्म एकिनका साथ भन्न सकेका छैनन् । अहिले अध्यक्ष ओली पनि स्वयम आफूनिकटका नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन् । उनले नेताहरुलाई कुन पदमा कसरी व्यवस्थापन गर्ने भनेर छलफल चलाएको बुझिएको छ ।

उता, अध्यक्षका उम्मेद्धवार भीम रावलले पनि आन्तरिक परामर्श सुरु गरेका छन् । रावलले पदाधिकारीको संख्या थप्दैमा आफू अध्यक्षको उम्मेद्धवारबाट ब्याक नहुने भनेर स्पष्ट पारिसकेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले आफू कुनैपनि हालतमा अध्यक्षको उम्मेद्धवारीबाट ब्याक नहुने बताएका हुन्। file photo



प्रतिक्रिया दिनुहोस्