Logo

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन ढिलाई



काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु हुने भएको छ । तर, बन्दसत्र भने तोकिएको समयमा सुरु हुन सकेको छैन् । बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो ।

तर, अध्यक्ष केपी शर्मा ओली र भीम रावल दुवै जना आफूनिकट नेताहरुसँग परामर्शमा जुटेको कारण बन्दसत्र अझै सुरु हुन नसकेको नेताहरुको भनाई छ । एमालेको महाधिवेशनअघिको अन्तिम केन्द्रीय कमिटीको बैठकले पदाधिकारीमा सर्वसम्मत् नेतृत्व चयन गर्नको लागि केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मको संख्या थप्ने निर्णय गरेको छ । यसको लागि केन्द्रीय कमिटीले विधान पनि संशोधन गर्ने निर्णय गरिसकेको छ ।

यो विधान संशोधनसँगै एमालेमा अब सर्वसम्मत् रुपमा नेतृत्व चयन हुने आँकलन गरिएको छ । नेताहरुले पनि त्यहीखालको प्रतिक्रिया दिईरहेका छन् । तर, भीम रावलले भने आफू अध्यक्षको उम्मेद्धवारबाट कुनैपनि हालतमा ब्याक नहुने प्रतिक्रिया दिईसकेका छन् । अब एमाले नेतृत्वको लागि निर्वाचन भयो भने भीम रावलकै कारण हुने सम्भावना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्