Logo

एमाले महाधिवेशन : बन्दसत्र सुरुअघिको चहलपहल (फोटोफिचर)



काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले केहीबेरमा बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द सत्र सुरु हुन सकेको छैन । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ । बन्दसत्र स्थलमा यतिबेला महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्