Logo

यु–१९ राष्ट्रिय क्रिकेटः कर्णालीमाथि गण्डकीको जित



काठमाडौं, ११ मंसिर । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको हो ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले पहिलो जित हात परेको हो ।

कर्णालीले दिएको १ सय १४ रनको लक्ष्य गण्डकीले २६ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो ।

गण्डकीको जितमा दिपक डुम्रेले सर्वाधिक ३४ रन बनाए ।

कर्णालीका लागि सन्दीप शाही र निश्चल रावलले समान २÷२ विकेट हात पारेका थिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २८ ओभरमा अल आउट हुदै १ सय १३ रन मात्र जोड्न सक्यो ।

कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक २६ रन जोडेका थिए ।

गण्डकीका किरण पौडेलले सर्वाधिक ३ विकेट लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्