Logo

एमाले १०औं महाधिवेशन : बन्दसत्र हल अगाडि प्रतिनिधिहरुको चहलपहल बढ्यो (फोटोफिचर)



सौराहा, ११ मंसिर । सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन् । महाधिवेशनस्थलमा नेता तथा कार्यकर्ताहरुको ठूलो भीड छ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थलमा प्रवेश गरिसकेका छन् । उता, महाधिवेशनस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ ।

बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ । वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको एमालेले केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने महाधिवेशनमा सहभागी केही प्रतिनिधिको धारणा छ । नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्