Logo

एमाले महाधिवेशनको बन्दसत्र सुरु



चितवन, ११ मङ्सिर। नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु भएको छ । आज (शनिबार) बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र साढे १ बजेतिर सुरु भएको हो । बन्द सत्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् ।

पार्टी अध्यक्ष केपी ओली हलमा प्रवेश गरेसँगै प्रतिनिधिहरु पनि जान थालेका छन् । बन्दसत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्दैछन् । महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्