Logo

नेविसंघ महामन्त्री भट्टराईद्धारा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा



काठमाडौं, ११ मंसिर । नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।  तनहुँ क्षेत्र नम्बर १ मा खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका नेता भट्टराईले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

विद्यार्थी आन्दोलनमा अंगपक्तिमा रहेर सडक संघर्षमा खटिएका जुझारु नेता भट्टराई तनहुँ क्षेत्र नम्बर १ बाट अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । नेविसंघबाट राजनीति सुरु गरेका भट्टराई २०६२ सालमा त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति भएका थिए । नेविसंघ केन्द्रीय सदस्य हुँदै उनी महामन्त्री भएका हुन् । कांग्रेसमा युवा पुस्तान्तरणको आवश्यकता रहेकोले आफुले केन्द्रीय समितिमा उम्मेदवारी दिन लागेको नेता भट्टराईले बताए ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएलगत्तै उनले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट र सम्पर्क तीव्र रुपमा बढाएका छन् । नेविसंघको नेतृत्व गर्दै आएका द्धय केन्द्रीय अध्यक्षहरु गोविन्द भट्टराई र प्रदीप पौडेल पनि कांग्रेस केन्द्रीय सदस्य भइसकेका छन् ।

नेविसंघका तीन जना महामन्त्रीहरू कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । काठमाडौ क्षेत्र नं. ४ बाट मनोज वैद्य, तनहुँ क्षेत्र नं. १ बाट भट्टराई, स्याङजा स्याङ्जा क्षेत्र नं. २ बाट युवराज पाण्डे महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्