Logo

‘ए’ डिभिजन लिगः च्यासलको पहिलो जित



काठमाडौं, ११ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबले एपिएफ माथि जित निकालेको छ ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुवाति मिनेटमै च्यासलले अग्रता बनाएको थियो ।

खेलको ४८औं मिनेटमा च्यासलका रुमेस बतौंलाले सुरुवाति अग्रता बनाएका थिए ।

खेलमा दुबै टोलीले आक्रामक खेलेका थिए ।

एपिएफको यो दोस्रो हार हो भने च्यासलको यो पहिलो जित हो ।

शनिबारको पहिलो खेलमा दर्शकको उल्लेखिय मात्रामा सहभागिता रहेको थियो ।

यस जितसँगै च्यासल तालिकाको सातौ स्थानमा उक्लीएको छ ।

यस्तै, एपिएफ दुई खेलमा दुई हार व्यहोर्दै तालिकाको पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्