Logo

मेरो जीन्दगी धेरैपल्ट मरेर बाँचेर आएको, त्यति भर नहुन सक्छः ओली



काठमाडौं, ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पटक पटक अप्रेशनबाट नयाँ जीवन पाउँदै आएकाले त्यति भर नभएको बताएका छन् । एमालेको बन्द सत्रलाई सम्बोधन गर्दै भावुक बनेका ओलीले नयाँ पुस्तामा चाँडै एमालेको नेतृत्व जाने संकेत पनि गरे ।

‘म कति बाँँच्छु थाहा छैन,’ ओलीले शनिबार चितवनमा आयोजित बन्दसत्रमा भने, ‘धेरैपल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरुबाट गुज्रिएर आएको हुँ, कति बाँचिन्छ भन्न सकिन्नँ ।’ उनले आफ्नो जीवनको कुनै टुंगो नभएको बताए ।

ओलीले धेरैपटक मरेर बाँचेर आएकाले भर नभएको बताए । उनले भने, ‘मेरो जीन्दगी धेरैपल्ट मरेर बाँचेर आएको, त्यति साह्रो भर नहुन सक्छ ।’

उनले एमालेभित्र नयाँ पुस्ताबाट लोकतन्त्र सुरक्षित रहेको बताए । ओलीले आफू नयाँ पुस्ताको उच्च मनोबल र असाधारण क्षमताका कारण निकै उत्साही र ढुक्क भएको बताए ।-तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्