Logo

काँग्रेस ललितपुर सभापतिको प्रतिष्पर्धामा मिनकृष्ण रिङ आउट, रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठ भिड्ने



ललितपुर, ११ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिको त्रिपक्षीय प्रतिष्पर्धाको नतिजा आएको छ । सभापतिका लागि रामकृष्ण चित्रकार, जितेन्द्र श्रेष्ठ र मिनकृष्ण महर्जनबीच त्रीपक्षीय प्रतिष्पर्धा भएकोमा कसैको पनि बहुमत आएन ।

अब विधान अनुसार पहिलो हुने चित्रकार र दोस्रो हुने श्रेष्ठबीच फेरि चुनाव हुनेछ । ललितपुर काँग्रेसले भोलि विहान ८ बजे चुनाव तोकेको छ ।

रामकृष्ण चित्रकारले ५०४, जितेन्द्र श्रेष्ठले ४८२ र मिनकृष्ण महर्जनले ३३६ मत ल्याएका थिए । १० मत बदर भएको थियो ।

चित्रकारलाई संस्थापन पक्षका सहमहामन्त्री डा. प्रकाशशरण महत, ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, पूर्व सांसद चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको समर्थन छ ।

श्रेष्ठलाई संस्थापनइतरका नेता प्रकाशमान सिंह, संस्थापन पक्षधर पूर्वराज्यमन्त्री उदयशमशेर राणा, तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत, संस्थापनइतरका नेविसंघ पूर्वसहमहामन्त्री बाबुराजा चित्रकारलगायतको समर्थन छ ।

अब रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठबीच दोस्रो चरणमा आइतबार विहान ८ बजे मतदान तय भएको छ । अब भोलि काँग्रेस ललितपुर जिल्ला सभापतिको टुंगो लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्