Logo

मुकुन्देको इन्दिरा संग्रौलासँग इन्गेजमेन्ट



काठमाडौं, ११ मंसिर । सामाजिक सञ्जालका चर्चित पात्र मुकुन्द घिमिरेको इन्गेजमेन्ट भएको छ । उनको झापाकी इन्दिरा संग्रौलासँग इनगेजमेन्ट भएको हो ।

मुकुन्दे नामले चर्चित घिमिरेले इन्दिरा संग्रौलासँग इनगेजमेन्टको तस्बिर सार्वजनिक गरेका छन् । उनले सरप्राइज इनगेजमेन्ट गरेको उल्लेख गरेका छन् ।

४० कटेका मुकुन्देले पछिल्लो समय इन्दिरा आऊ भन्दै बेला बेलामा ट्वीट गर्दै आएका थिए । उनले राजनीतिक र सामाजिक क्षेत्रमा तीखो व्यङ्ग्य गर्दै आएका छन् । उनको सामाजिक सञ्जालमा लाखौं फलोअर छन् ।



प्रतिक्रिया दिनुहोस्