Logo

बेलायतमा देखियो नयाँ प्रजातिको ओमिक्रोन कोरोना भाइरस



एजेन्सी, ११ मंसिर । बेलायतमा नयाँ प्रजातिको ओमिक्रोन कोरोना भाइरस भेटिएको छ । यो भाइरस दुईजनामा भेटिएको उल्लेख छ ।

अफ्रिकाबाट यात्रा गरेर बेलायत आएकामा उक्त प्रजातिको भाइरस भेटिएको जनाइएको छ । दक्षिण अफ्रिकाबाट भेटिएको नयाँ प्रजातिको भाइरसले विश्वभर सन्त्रास उत्पन्न भएको छ ।

यूरोप र अमेरिकाका देशहरुले अफ्रिकालगायत नयाँ प्रजातिको भाइरस भेटिएका देशहरुमा यात्रा प्रतिबन्ध लगाएका छन् । विश्व स्वास्थ्य संगठनले नयाँ प्रजातिको भाइरसप्रति विशेष सतर्कता अपनाउन भनेको छ ।



प्रतिक्रिया दिनुहोस्