Logo

रूपन्देहीको सभापतिमा रामकृष्ण खाण सर्वसम्मत रुपमा चयन



काठमाडौं, ११ मंसिर ।नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाण चयन भएका छन् । उनी सर्वसम्मत रूपमा सभापति चयन भएको हाम्रा सहकर्मी रामकुमार क्षेत्रीले जानकारी दिए । उनकाअनुसार आज रुपन्देहीको सभापतिमा चयन भएका खाँण नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्। सर्वसम्मत् रूपमा सभापतिमा निर्वाचित भएका खाण यसअघि नेपाली कांग्रेसको रूपन्देही सचिव थिए।

शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा खाणसँगै सबै पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत् रूपमा चयन गरेको नेपाली कांग्रेसले जनाएको छ। जसअनुसार उपसभापति अनिता शाह र थानेश्वर घिमिरे निर्वाचित भएका छन्। file photo



प्रतिक्रिया दिनुहोस्