Logo

सडक विभागको बेरुजू २७ अर्ब रुपैयाँ



काठमाडौं, मंसिर १२ । पूर्वाधार आयोजनाको ठूलो बजेट परिचालन गर्ने सडक विभागको बेरुजू उसले पाउने कुल बजेटको २० दशमलव ८९ प्रतिशत देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ मा सडक विभागले पाएको कुल १ खर्ब ३३ अर्ब रुपैयाँ बजेटको उक्त प्रतिशत बजेट बेरुजू देखिएको हो ।

विभागको गत आवको वार्षिक प्रतिवेदनअनुसार आव २०७६/७७ मा ४ अर्ब ६१ करोड रुपैयाँ थप भई विभागको बेरुजू २७ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । यद्यपि त्यसभन्दा अघिल्लो वर्षसम्म विभागको बेरुजू ३७ अर्ब ४८ करोड रुपैयाँ थियो ।

कुल उक्त बेरुजूलाई फर्छ्योट गरी २३ अर्ब १८ करोड रुपैयाँमा झारेको विभागको बेरुजू बढेको हो । त्यसो त विभागसँग आव २०५९/६० देखिका बेरुजू कायमै छन् । राष्ट्रिय राजमार्ग तथा सुरुङमार्गदेखि प्राथमिकता प्राप्त आयोजनाहरू व्यवस्थापन गर्दै आएको विभागको ठूलो बेरुजू फछ्र्योट हुनै बाँकी छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्