Logo

महिला टी–२० विश्वकप छनोटः युएईसँग आज निर्णायक खेल खेल्दै नेपाल



काठमाडौं, मङ्सिर १२ । अइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपालले आयोजक संयुक्त अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार दिउँसो ११ः१५ बजे दुबईको आइसीसी एकेडेमी मैदानमा खेल सुरु हुनेछ । आजको विजेता टोलीले शीर्षस्थानमा रहँदै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने भएकाले दुवै टोलीका लागि यो निर्णायक खेल हो ।

घरेलु टोली युएई चार खेलमा अपराजित रहँदै आठ अंक सहित शीर्षस्थानमा छ । उच्च लयमा रहेको युएई नेपाललाई हराउँदै ग्लोबल छनोटमा पुग्ने दाउमा छ । नेपाल पनि अन्तिम खेलमा युएईलाई हार चखाउँदै ग्लोबल छनोटमा स्थान बनाउने योजनामा छ । युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटालाई ४७ रन र कुवेतलाई सात विकेटले अपराजित यात्रा कायम राखेको छ ।

अघिल्ला चार खेलमा तीन जित र एक हार खेपेको नेपाल ६ अंक सहित दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्