Logo

नेरुडे लघुवित्तद्धारा फिल्ड व्यवस्थापन गोष्ठि सम्पन्न



काठमाडौं, १२ मंसिर । नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारी मध्येका ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठि शुक्रवार विराटनगरमा सम्पन्न गरेको छ ।

संस्थाको अनुसार कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्का र प्रदेश प्रमुख घनश्याम चौधरीले छुट्टा छुट्टै विषयमा प्रशिक्षण दिएका हुन । साथै अन्य सबै विभागीय प्रमुखहरुले आ–आफ्नो विभागीय प्रस्तुति दिएका थिए ।

उक्त अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकारी भोजराज बस्यालले हाल लघुवित्त क्षेत्रमा देखिदै गएको समस्या, चुनौती तथा समाधानका उपाएहरुका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराएको जनाइएको छ ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले २०७८ असोज मसान्त सम्म ३१ वटा जिल्लामा ९६ वटा शाखा उपशाखा मार्फत १ लाख ५१ हजार ५ सय ६८ जना ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot