Logo

एमाले नेता सत्यनारायण मण्डलको आरोप : शम्भु थापा बढी घुस खाएर बौलाइसक्यो (भिडिओसहित)



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले वरिष्ठ अधिवक्ता शम्भु थापा बढी घुस खाएर बौलाइसकेको आरोप लगाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्का’ र्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘शम्भु थापा बौलाइसक्यो, बढी घुस खाएर त्यो बौलाइसकेको छ । त्यसले देशलाई टाट पल्टाएको छ । म भनिरहेको छु हजुरलाई कि यो देशमा, यस्ता मुला फटाहाहरुमा न्यायिक चरित्र छैन् ।’ नेपाल बारले भन्दैमा जे पनि गर्न नहुने उनको भनाइ थियो । उनले नेपाल बारले राजतन्त्र फालेको हो ? भन्दै उनले प्रश्न गरे । उनले भने, ‘वकिलहरुले पैसा ठग्ने, लुट्नेबाहेक अरु के गरेको छ र ? त्यसैले उनीहरुलाई चौरमा उल्टो बाँधेर थप्पडका थप्पड हान्नुपर्छ । ’



प्रतिक्रिया दिनुहोस्