Logo

जाजरकोट बस दुर्घटना (अपडेट): मृतक सबैको सनाखत, घाईतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी



जाजरकोट, मंसिर १२ । जाजरकोटमा आज विहान भएको बस दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। जाजरकोट प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेका छन्।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा भएको हो। दुर्घटनामा २७ जना घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ । समान्य घाईतहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्