Logo

ओलीलाई भीम रावलको चुनौती : म त अत्यधिक मतले जित्छु जस्तो लाग्यो, नभए मसँग मतदान गर्न किन डराएको ? (भिडिओसहित)



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष तथा १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका डा. भीमबहादुर रावलले पदाधिकारीसहित केन्द्रीय कमिटी चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिईएकोमा आपत्ति जनाएका छन् । उनले अहिले आफूलाई अत्यधिक मतले जित्ने रहेछु भन्ने लागेको पनि बताए ।

हिजो राति चितवनबाट प्राइम टिभीका लागि पत्रकार ऋषि धमलाले लिएको अन्तर्वार्तामा रावलले यस्तो बताएका हुन् । उनले भने, ‘मलाई अहिले आएर मैले अत्यधिक मतले जित्छुजस्ता लाग्यो, होइन भने मसँग मतदान गर्न किन डराएको ?’ उनले पार्टीभित्र प्रतिष्पर्धा गर्दा गलत सन्देश जाने हो भने पहिला संविधान नै परिवर्तन गर्न पनि सुझाव दिए ।

उनले भने, ‘यो कुनै उहिलेको जस्तो व्यवस्था होइन नि, एउटा व्यक्तिले सूचि पढ्ने अनि अरु सबैले ताली पिट्ने हो र ? त्यो प्रणालीमा छौं र आज हामी ? यो त धेरै चिन्ताको विषय हो ।’ पत्रकार धमलाले ‘तपाईसँग कार्यकर्ता पनि छैनन् अनि महाधिवेशन प्रतिनिधिहरु पनि छैनन्, यस्तो अवस्थामा तपाईं किन अध्यक्ष बन्ने क्या ?’भनेर सोधेको प्रश्नमा रावलले आक्रोशित हुँदै जवाफ दिए । उनले भने, ‘अब ऋषिजीको त्यही अनुसन्धान हो भने, चुनाव गरेर मलाई प्रमाणित गरिदिए भैगो नि त ।’



प्रतिक्रिया दिनुहोस्