Logo

कालो ड्रेसमा घामको आनन्द लिदै अनुष्का, विराटले गरे यस्तो कमेन्ट



एजेन्सी, १२ मंसिर । बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा लामो समयदेखि ठुलो पर्दाबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा भने सक्रिय छिन् । अनुष्काले प्रायः आफ्ना ग्ल्यामरस तस्बिरहरु आफ्ना फ्यानहरुलाई शेयर गर्दै आएकी छिन् ।

भर्खरै मात्र अनुष्काले आफ्ना केही तस्बिर शेयर गरेकी छिन्ु जसमा घामको आनन्द लिइरहेको देखिन्छ । तस्बिरमा अनुष्का कालो रङको ड्रेस लगाएकी छिन् । सुर्यको प्रकाशतीर उनले हेरिरहेकी छिन् । तस्बिर शेयर गर्दै अभिनेत्रीले लेखेकी छिन्, ‘सुर्य चम्किरहेको छ, ‘मौसम खुलेको छ, पोज गर्ने मन…बाँकी गीतको लाइन भुले ’

अनुष्काको यी तस्बिरको फ्यानहरुमात्र नभएर उनका पति विराट कोहली पनि दिवाना भएका छन् । विराटले अनुष्काको तस्बिरलाई तीनवटा मुटु भएका इमोजी शेयर गरेका छन् । अनुष्का र भारतीय क्रिक्रेटर विराट कोहली गत जनवरीमा एक सन्तानको आमा बुवा बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्