Logo

‘ए’ डिभिजन लिगः आज जावलाखेल र पुलिस क्लब खेल्दै



काठमाडौं, १२ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा आज जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल र पुलिसबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहनेछन् ।

जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग परिाजित भएको थियो भने पुलिस त्रिभुवन आर्मीसँग बराबरी खेलेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्