Logo

अफ्रिकाका डान्सबारमा नेपाली युवतीलाई लगेर बेच्ने क्यानेडियन तस्करलाई ३० वर्षको जेल सजाय



एजेन्सी, १२ मङ्सिर। अफ्रिकाका डान्सबारमा नेपाली युवतीलाई लगेर बेच्ने क्यानेडियन तस्करलाई ३० वर्षको जेल सजाय सुनाइएको छ। क्यानडियन व्यापारी असिफ अमिराली अलिभाई जेठा नामका ती व्यक्तिलाई केन्यास्थित मुम्बासाको अदालतले १२ नेपाली महिलाको मानव तस्करी गरेकोे पुष्टि गर्दै उक्त सजाय सुनाएको हो ।

उनलाई व्यक्तिको मानव तस्करी, तस्करीको प्रवर्धन र यात्रा सम्वन्धी कागजपत्र परिवर्तन गरेकोमा दोषी देखाईएको छ । उनलाई वर्क पर्मिटबिना विदेशीलाई काममा लगाएको भन्दै ११ लाख स्थानीय मुद्रा जरिवाना अदालतले तोकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्