Logo

डब्लुएचओले खतराको संकेत भनिरहँदा कस्तो छ विश्वभर कोरोना संक्रमितको अवस्था



एजेन्सी, १२ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण अफ्रिकामा काभिड–१९ को नयाँ संस्करण वर्गिकृत भएपछि खतराको घण्टी बजेको संकेत गरेको छ ।

डब्लुएचओले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड–१९ संस्करण B.1.1.529 लाई ओमिक्रोन’’Omicron‘  नाम दिएको छ। “कोरोनाभाइरस  B.1.1.529 को भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय भएको डब्लुएचओको भनाई छ ।

हालसम्म विश्वभर २६ करोड १३ लाख ९४ हजार ८ सय २९ जना कोरोना संक्रमित भएका छन् भने संक्रमित मध्ये २३ करोड ६१ लाख २० हजार ४१९ जना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै, ५२ लाख १३ हजार ४ सय ५९ (२.० प्रतिशत) को कोरोना भाइरसकै कारण मृत्यु भएको छ । २ करोड ६० हजार ९ सय ५१ (७.७ प्रतिशत) संक्रमितको उपचार भईरहेको छ वल्डोमिटरले जनाएको छ । यसैगरी, विश्वभर ८३ हजार २ सय ११ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्