Logo

युएईले नेपाललाई दियो १२८ रनको लक्ष्य



काठमाडौं, १२ मंसिर । आईसीसी टि–२० विश्वकप अन्तरगत एसियाली छनोटमा यूएईले नेपाललाई १२८ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको थियो ।

युएईले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १२७ रन जोडेको हो ।

युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन जोडिन भने थिर्था सतिसले ४७ तथा कभिसा इगोडेजले २२ जोडेकी थिइन् ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् भने सबनम राई, सिता राना मगर र संगिता राईले समान एक÷एक विकेट हात पारे ।

ग्लोबल क्वालिफायरमा स्थान बनाउन नेपालले आज उत्कृष्ट रनरेटका साथ जित्नैपर्ने दबाव रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्