Logo

अदालतको विवाद समाधानबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल



काठमाडौं, १२ मंसिर । सर्वोच्च अदालतभित्र देखिएको विवाद समाधानको लागि प्रमुख सत्तारुढ तीन दलका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच आज बालुवाटारमा यो विषयमा छलफल भएको हो ।

मंसिर १० गते बारका पदाधिकारी र कानून व्यवसायीहरुले प्रधानमन्त्री देउवालाई भेटेर छलफल गरेका थिए । उक्त छलफलबारे प्रधानमन्त्री देउवाले दाहाल र नेपाललाई आज ब्रिफिङ गरेका थिए ।

बार पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको विवादका बारेमा दुई तीन दिनभित्रै गठबन्धनमा छलफल हुने आश्वासन दिएका थिए । सोही अनुसार आज बालुवाटारमा गठबन्धनमा सहभागी दलका नेतृत्वसँग छलफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्