Logo

यदि हिन्दू हिन्दू रहन चाहन्छन् भने भारतलाई ‘अखण्ड’ बनाउनुपर्छः आरएसएस प्रमुख भागवत



‘हाम्रो हिन्दूत्वको पहिचानलाई भत्क्याउने ब्रितिश हुन् । उनीहरुले हामीलाई भाषा र संस्कृतिको आधारमा बाँडे’

एजेन्सी, १२ मंसिर । राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस)का प्रमुख मोहन भागवतले हिन्दूत्वको उत्पति भएको हिन्दूस्तान हिन्दूहरुको मुलुक रहेको स्पष्ट पारेका छन् । उनले हिन्दू र भारत एक अर्काको परिपुरक रहेको बताएका छन् । उनले मध्य प्रदेशमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम हिन्दूले लेखेको छ,‘यदी हिन्दू हिन्दू रहन चाहन्छ भने भारतलाई अखण्ड बनाउनुपर्छ । हिन्दूस्तान हिन्दू राष्ट्र हो । र, हिन्दूत्वबाट यसको उत्पति भएको हो । हिन्दू र भारत एक अर्काको परिपुरक हो ।’

सम्बोधनको क्रममा उनले थपे,‘हतिहास साक्षी छ कि जब हिन्दूले आफ्नो पहिचान गुमायो त्यति बेला मुलुकले द्वन्द्व भोग्यो । भारतको प्रतिष्ठा विश्वसामू उदय भइरहेको छ । विश्वले भारतलाई नियालिरहेको छ । यसलाई साक्षर बनाउन प्रत्येक भारतीयले आफ्नो स्तरबाट उजागर गर्नपर्छ ।’

यदी भारतलाई भारत नै बनाउन चाहन्छौँ भने यसलाई हिन्दू नै कायम गर्न जरुरी छ । यदी हिन्दू हिन्दू नै रहन चाहन्छन भने भारतलाई अखण्ड बनाउनुपर्नेमा उनको जोड थियो । उनले थपे,‘यो हिन्दुस्तान हो जहाँ हिन्दूले जीवन यापन गरिरहेको छ र आफ्नो संस्कृति निभाइरहेको छ । जे भए पनि यस भूमिमा हिन्दू कै विकास भएको हो । हिन्दू विना भारतको औचित्य छैन् र भारत विना हिन्दूको औचित्य छैन् ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्