Logo

विदेशी मुद्रासहित छिरिङ पक्राउ



मंसिर १२, पोखरा । विदेशी मुद्रा सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले यहि मंसिर ११ गते अवैध अमेरिकी डलर सहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाँउपालिका–१ स्थायी वतन भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङ रहेका छन् ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले छिरिङलाई १ लाख ९४ हजार २ सय अवैध अमेरिकी डलर सहित पोखरा माहानगरपालिका–३३ गगनगौडाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका छिरिङको थप अनुसन्धान भईरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्