Logo

४८ रनले पराजित हुँदा नेपालको यात्रा टुङ्गियो



काठमाडौं, १२ मंसिर । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमापुग्ने नेपालको यात्रा टरेको छ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएपछि नेपालको ग्लोबल छनोटको यात्रा समाप्त भएको हो ।

जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरको २ बल बाकी छदा मात्र ७९ रन बनाउदै अलआउट भयो ।

नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक १५ रन जोडिन् भने सिता राना मगरले १३ रन जोडिन् ।

यस्तै, अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

युएईका लागि समाइरा धर्निधर्काले सर्वाधिक ४ विकेट हात पारिन् । चामानी सेनेभिरत्ना र खुसी शर्माले समान दुई–दुई विकेट लिए ।

यस अघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोड्यो ।

युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन तथा थिर्था सतिसले ४७ रन जोडिन ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् ।

सबनम राई, सिता राना मगर र संगिता राईले एक÷एक विकेट हात पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्