Logo

न्युजील्याण्डकी सांसद् आफ्नै डेलिभरी गराउन साइकल चढेर अस्पाताल पुगेपछि…



एजेन्सी, १२ मंसिर । न्युजील्याण्डकी सांसद् जुली एनी गेन्टर गर्भवती अवस्थामा थिइन् । उनलाई आइतवार विहान लेवर पेन सुरु भयो। सोही क्रममा उनले आफ्नो साइकल लिइन् र उनी अस्पताल पुगिन् । अस्पताल पुगेको एक घण्टा पश्चात उनले एक बच्चालाई जन्म दिइन् ।

उनले सामाजिक सञ्जालमा बच्चासहित आफ्नो तस्बिर राखेर खुशी व्यक्त गरिन् । उनले सामाजिक सञ्जालमा लेखेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,‘करिब ३ बजे विहानी हामीले आफ्नो नयाँ सदस्यलाई स्वागत गरेका छौँ । म लेवर पेनमा थिए । म साइकलमा आएको आफै आश्चर्यचकित छु ।’

५० लाख जनसंख्या भएको मुलुकले आफ्नो राजनितीक क्षवी विश्वसामू कायम गर्न सफल भएको छ । यस्तो देश हो जहाँ प्रधानमन्त्री जसिन्डा आर्रडर्नले समेत आफ्नो बच्चालाई दुध खुवाउँदै बैठक बसेको देखिन्थ्यो । सांसद् गेन्टरले बच्चा सुरक्षीत र सकुुसल रहेको जनाएकी छिन् । र, बच्चोका पिता समेत खुशी भएको उनले सामाजिक सञ्जालमा व्यक्त गरिन् ।

उनले आफूलाई साइकल चलाउन निकै मनपर्ने समेत बताएकी छिन्। र, सन् २०१८ मा समेत साइकल चलाएर पहिलो बच्चालाई जन्म दिएको समेत उनले सञ्चारकर्मीहरुले बताएकी थिइन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्