Logo

शक्ति र बहुमतको भरमा पार्टीको विधान विपरीत काम गर्न कसैलाई छुट छैन्ः नेता सिंह



काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले शक्ति र बहुमतको भरमा पार्टीको विधान विपरीत काम कसैले गर्न नपाउने बताएका छन् । आज नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिबेशनको उद्घाटन लाई सम्बोधन गर्दै नेता सिंहले काँग्रेस कमजोर हँदा देशको अबस्था नै कमजोर हुने बताए ।

उनले नेतृत्व परिवर्तन काँग्रेसको अहिलेको आवश्यकता भएको समेत जिकिर गरे । आर्दशको कुरा गरेर देशको विकास हुन नसक्ने भन्दै उनले काम पनि गरेर देखाउनु पर्ने बताए ।

नेता सिंहले काँग्रेस भित्र बर्तमान नेतृत्वले लोकतान्त्रिक पद्धतीको पालना गर्न नसकेको आरोप लगाए । पदमा रहँदाका गतिविधी र जिम्मेवारी वहन गरे नगरेको मुल्याङकन गर्नु अब नेता कार्यकर्ताले गर्नु पर्ने समय आएको उनको भनाइ थियो । विधिसवत तरिकाले पार्टी सञ्चालन गरि देश र जनताको सुख समृद्धिको लागि काँग्रेस अगाडी बढ्नु पर्ने उनले बताए ।

क्रियाशिल सदस्या वितरणमा बषै देखि पार्टीमा काम गरेका कार्यकर्तालाई अन्याया भएको पनि उनले बताए । नेतृत्व परिवर्तनका लागि कार्यकर्ताले साथ दिनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्